गरिबी निवारण, पर्यावरण संरक्षण र दिगो विकासका लागि मम्स स्टोर नेपाल

Moms Store Nepal
4 min readJul 11, 2021

--

सम्झिनुस् त, जिन्दगीमा तपाईंले कति लुगा मन पराउनुभयो आफ्ना लागि, आफ्ना छोराछोरीका लागि, साथीका लागि र अझ आत्मीयहरुका लागि ? तपाईंले आफूलाई अनि आफ्नाहरुलाई किनेर दिएका ति प्रेमको चिनो अर्थात लुगाहरु अहिले कता होलान् ? फोहोरसँगै जमीनमा गाडिएर पानीमा बगेर, कुहिएर सडे, गले, नासिए होलान् कि ! फोहोरसँगै जले होलान् ! अझ, कतिपय घरको दराजको कुनामा ढुसीका गन्धले मक्किइरहेका होलान् !

कुनै बेला तपाईंले आफूलाई वा आफ्ना आफन्तलाई वा तपाईंका आत्मियहरुले तपाईंलाई मायाले दिएका त्यस्ता लुगाले अहिले सडेर, गलेर, डढेर वा बेगर जल जमिन र आकासमा तीब्र प्रदुषण फैलाइरहेका छन् । कुनै समयको ममताको चिनो अहिले वातावरण प्रदुषणको कारण भएको हामीलाई जस्तै तपार्इंलाई पनि पक्कै मन परेको छैन । मायाको चिनो मक्किएको, सडेको, गलेको वा हाम्रो सन्सारलाई नै दुषित बनाएको कसरी सहुनु !

(मम्स स्टोर नेपाल)

कुनै समय असाध्यै रुचाइएको अनि हाम्रो माया पाएका यस्ता लुगाहरुको आयु हुन्जेल अरु कसैले पनि मायाले प्रयोग गर्न सक्ने वातावरण बनाउन पाए कस्तो राम्रो हुन्थ्यो ! हामीले माया गरेको हाम्रो मायाको चिनोले समुदायको कल्याण र वातावरण संरक्षणका लागि योगदान गरे अनि अत्यावस्यक परेका मानिसलाई न्यानो दिनसके कस्तो असल हुन्थ्यो ! हो, हामीले चुमेको मायाको चिनो अर्थात हामी आफैले र हाम्रा आत्मीयहरुले लगाएको लुगालाई समाज कल्याणमा लगाउनका लागि मम्स स्टोर नेपाल नामक सामाजिक अभियानले काम शुरु गरेको छ ।

कोभिडका कारण दैनिक आम्दानीको स्रोत गुमाएकाहरु, पेटभरी दुईछाक खान नपाएकाहरु, कोभिडको चरम संकटको समय हरेक आमाहरुलाई आफ्ना बच्चा र परिवारका अन्य सदस्यका लागि न्यानो लुगाको आवस्यकताले सताईरहेको हामीले देखेका छौँ । अझ मुल्यबृद्धि र कम उत्पादनले पनि गरिब आमाहरुलाई मायालाग्दो, बाबुनानीका लागि सुहाउँदो, लुगाको व्यवस्था गर्नु चुनौती छ । त्यो चुनौतीमा सहयोगी हात बढाउन मनपराइएका, पहिल्यै माया गरिएका अर्थात प्रि लभ्ड र वर्तमानमा उपयोग नभएका लुगाहरुको संकलन, स्तरीकरण र वितरणको अभियान शुरु भएको छ र त्यस्तो अभियानको नाम हो मम्स स्टोर नेपाल ।

मम्स स्टोर नेपालले विगतमा तपाईंले माया गर्नुभएको तर अहिले उपयोग नभएको लुगा संकलन गर्छ । त्यस्तो लुगालाई सम्पूर्ण रुपमा उपयोग गर्न योग्य हुनेगरी स्तरोन्नती गर्छ । गरीब र अत्यावस्यक भएका व्यक्तिहरुका लागि उनीहरुका आत्मीयहरुका लागि ति लुगाहरुलाई तयार गर्छ ।

(पुनःप्रयोग गर्ने लुगाको अर्थशास्त्र चक्र)

विगतमा माया गरिएको लुगाको अर्थशास्त्रले विकासलाई दिगो बनाउन मद्धत गर्छ । संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्तिका लागि माया गरिएका मनपराइएका लुगाको अर्थशास्त्रले अमुल्य योगदान दिन्छ । सन् २०३० सम्म गरिबीको अन्त्य गर्ने यो लक्ष्यमा पुनः प्रगोग गरिने लुगाहरुको अर्थशास्त्रले हाम्रो सामाजिक मुल्य मान्यता पनि परिवर्तन गर्छ ।

गरिबी निवारणका लागि समुदायका सवैको उत्तिकै दायित्व छ । हाम्रो दराजमा थन्किएर रहेका लुगाहरुले पनि विश्वव्यापी गरिकी निवारणमा योगदान दिनसक्छन्, गरिब समुदायको विश्वव्यापी अर्थशास्त्रमा योगदान दिनसक्छन् भने यस्तो पवित्र अभियानमा सहभागी हुनु हाम्रो दायित्व र कर्तव्य पनि हुन आउँछ । मम्स स्टोर नेपालले तपाईंको सहभागितामा दिगो विकास लक्ष्यका ८, ९, १२ र १३ नंम्बर लक्ष्यहरु पुरा गर्न योगदान दिने उद्देश्य लिएको छ ।

(मम्स स्टोरले काम गर्ने दिगो विकासका चार लक्ष्य)

सभ्य काम र आर्थिक बृद्धि, औद्योगिक नविनता र पूर्वाधार, जिम्मेवार खपत र उत्पादन र क्लाइमेट एक्सनमा योगदान दिनु मम्स स्टोर नेपालको उद्देश्य हो ।

विगतमा मन पराइएका तर अहिले उपयोग नभैरहेका लुगाको अर्थतन्त्र व्यवस्थित गरेर गरीबी निबारणको लक्ष्य हासिल गर्न मम्स स्टोर नेपालले Mom’s Store Nepal नामक फेसबुक पेज, Mom-tah नामक फेसबुक ग्रुप, र https://momsstorenepal.com/ नामक वेवसाइटमार्फत प्रि लभ्ड लुगाहरु संक्रलन तथा वितरण गर्दै आएको छ । यसका साथै भर्खरै मात्र ममता -Momtah_ नामक मोबाइल एपको पनि विकास गरेको छ । एप्पल र एन्ड्रोइड फोनमा एप डाउन्लोड गरेर यो अभियानमा सहभागी हुन सकिन्छ । यो एप तपाईँले मनपराएका कपडाहरुको कर्मघर हो भन्दा पनि हुन्छ । एपमा गएर कुनैसमय माया गरिएको, मन पराइएको, आत्मीय मानिएको लुगाहरु बेच्न, किन्न वा स्वयंसेवी हिसावले दान गर्न सकिन्छ । तपाईंले आफ्ना लुगाहरु आफैंले बेच्न सक्नुहुन्छ, आफैले चाहेको मुल्य र चाहेको ग्राहकलाई । ममता समूहले उत्कृष्ट र पारदर्शी व्यवहारका लागि सँधै सहजीकरण गर्छ ।

(मम्स स्टोर नेपालका संस्थापकहरु)

विशेषगरी साना बाबुनानीहरुका लागि प्रि लभ्ड लुगाहरु संक्रलन र वितरण गर्ने उद्देश्यले सन् २०२० को अक्टोबरमा मम्स स्टोर नेपालको स्थापना भएको हो । शुरुमा साथीहरु र आफ्नै परिवारका सदस्यहरुले पहिल्यै खूब मन पराएका र अहिले उपयोगमा नआएका लुगाहरु संकलन गरेर स्टोरको शुरुवात भयो । त्यसपछि मम्स स्टोरले अरुको पनि सहयोग र सहकार्य प्राप्त गर्दै गयो ।

कोभिडको कारण भएको दोस्रो लकडाउन भन्दा अगाडि केही समय मम्स स्टोरले ललितपुरको लबीम मलमा साप्ताहिक विदाको दिन स्टोरहरु सञ्चालन गर्यो । यस स्टोरमार्फत पहिल्यै मनपराइएका र अहिले स्तरोन्नती गरिएका लुगाहरुको प्रदर्शनी, वितरण, तथा उपयोगिताको पैरबी र वकालत गरिएको थियो । शुरु गरेको चार महिनामा मस्म स्टोरले समुदायका २३ व्यक्तिहरुबाट २०४ किलो अर्थात् १०२४ थान लुगा प्राप्त गरेको थियो । त्यसमध्ये स्तरीकरण गरेर पुन उपयोग गर्न मिल्ने ८०० थान लुगालाई फेरि उपयोगका लागि मम्स स्टोर नेपालले समुदायमै फर्काएको छ । यस्तो सेवा र श्रोत सदुपयोगको काम गर्न पाएर मम्स स्टोर असाध्यै खुशी छ र सवैलाई सधन्यवाद यो अभियानमा सहभागी हुन आमन्त्रण गर्दछ ।

--

--

Moms Store Nepal

Contributing towards sustainable wardrobe through preloved babies' clothes into the circular economy.